सदर चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु पुष्टि


काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ ।