काठमाडौँ । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । बिहीबार नेप्से ५.०६ अंकले घटेको हो । आज नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज शेयर बजारमा ३ अर्ब ४१ करोड बराबरको कारोबार भएको छ ।
आज अपोलो हाइड्रोपावर र सोपान फर्मास्क्यूटिकल्सको शेयर १५ प्रतिशतले बढ्यो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १२.५३ प्रतिशतले बढ्दा बुंगल हाइड्रोको ८.५६ र भुजुंग हाइड्रोपावरको ६.३० प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो । कारोबारमा आएकामध्ये ७७ वटा कम्पनीको मूल्य बढ्दा १८१ वटाको घट्यो।

प्रतिक्रिया