काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारसँग भदौ २३/२४ गते भएको जेनजी आन्दोलनबारे आफ्नो दृष्टिकोण सार्वजनिक गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले यो आपराधिक घटना थियो कि आन्दोलन भन्नेबारे स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न माग गरेका हुन् । उनले जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनबारे पनि सरकारको धारणा मागेका छन् ।
उनले आन्दोलनमा सहभागी सोझा युवाहरु जेल परेका र हाइज्याकरहरु सांसद र मन्त्री बनेका भन्दै यो अवस्था दुःखद रहेको बताए । उनले भने, ‘त्यही आन्दोलनमा सहभागी सोझा युवाहरु जेल पर्ने र केही मन्त्री, सांसद हुनुपर्ने, देश चलाउनुपर्ने । कस्तो हो यो ?’

प्रतिक्रिया