काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै वेल घेराउ गरेपछि सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा उनीहरूले संसद्को वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
उनीहरुले फेरि प्रश्न गर्न पाउनुपर्ने भन्दै वेल घेराउ गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।

प्रतिक्रिया