मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले वृद्धि


क्वालालम्पुर ।  मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारी तथ्यांकअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो ।

मलेसियाको तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक पर्यटकको खर्च पनि १३ दशमलव छ प्रतिशतले बढेर १२१ दशमलव तीन अर्ब रिङ्गिट पुगेको छ ।

पर्यटक तथा एकदिने भ्रमणकर्ताको खर्चमा भएको वृद्धिले समग्र खर्च बढाउन सहयोग गरेको विभागले जनाएको छ । पर्यटकको खर्च १४ दशमलव छ प्रतिशत तथा एकदिने भ्रमणकर्ताको खर्च १२ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

कुल आन्तरिक पर्यटक खर्चमध्ये पर्यटकको योगदान ५९ दशमलव पाँच प्रतिशत रहेको छ, जुन सबैभन्दा ठूलो हिस्सा हो ।