स्पेन समुह चरणको पहिलो खेलमा बराबरीमा रोकियो


काठमाडौं । सन् २०१० को विश्वविजेता स्पेन समुह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको छ । पहिलो विश्वकप खेलिरहेको केप भर्डेले स्पेनसँग गोलरहित बराबरीमा रोक्न केपका गोलकिपर नायक बने । 

उनले स्पेनका हरेक प्रहारहरुलाई विफल पारे । खेलको सुरुवातदेखि नै स्पेनले बलमाथि नियन्त्रण राख्दै केप भर्डलाई दबाबमा राखेको थियो। तर, केप भर्डका गोलकिपर भोझिन्हाआज स्पेनका लागि पर्खाल सावित भए । उनले खेलभरि नै आधा दर्जनभन्दा बढी उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए ।

खेलको अन्तिम १० मिनेट निकै नाटकीय रह्यो। ८९ औं मिनेटमा डानी ओल्मोको सटिक पासमा मिकेल ओयार्जाबलले प्रहार गरेको शक्तिशाली भलीलाई स्यामरोक रोभर्सका डिफेन्डर पिको लोप्सले शरीरले छेकेर गोल हुनबाट बचाएका थिए ।

थपिएको ५ मिनेटको ९१ औं मिनेटमा केप भर्डले कर्नरमार्फत गोल गर्ने सुवर्ण मौका पाएको थियो, तर डिने बोर्जेसको हेड प्रहार सिधै स्पेनिस गोलकिपर उनाई सिमोनको हातमा पुग्यो