विश्वकप फुटबलमा जापान र नेदरल्याण्ड्स बराबरीमा


काठमाडौँ । विश्वकप फुटबलमा जापान र नेदरल्याण्ड्सले अंक बाँडेका छन् । डलासमा भएको समूह ‘एफ’ को खेलमा जापानले नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेल्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डाइकले ५१ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

तर ५७ औँ मिनेटमा केइतो नाकामुराले बराबरी गोल फर्काए । त्यसपछि ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सलाई पुनः अग्रता दिलाए ।

खेलको अन्त्यतिर जापानले निरन्तर दबाब सिर्जना गर्दै ८८ औँ मिनेटमा डाइची कामाडामार्फत बराबरीगोल निकाल्यो । बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान एक–एक अंक बटुलेका छन् ।