ल हेर्नुस् देश बनाउने टोली


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले देश बनाउने टोली सार्वजनिक गरेका छन् । आइतबार राति प्रधानमन्त्री साहले आफूहरु देश बनाउने टोली भन्दै दायाँपट्टी भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल बायाँतिर गृहमन्त्री सुदन गुरुङलाई अँगालो हालेको तस्बिर सार्वजनिक गरेका हुन् ।

सामाजिक संजालमा तीन जनाको तस्बिर राखेर प्रधानमन्त्रीले पीएम, एचएम, आईएम, लेखेका छन् । प्रधानमन्त्री साहले शनिबार सामाजिक संजालमा लेखेका थिए, ‘धेरै जना साथी भाईले सोध्नुभो , तपाईंको favourite देश कुन world कपमा ?मेरो favourite देशले खेलेकै छैन !’

त्यस्तै अपि हिमालको बेसक्याम्पमा क्रिकेट खेल्दै गरेको भिडियो पोष्ट गरेका थिए । प्रधानमन्त्रीले केही दिनअघि डिडिसीको चिज खाँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए । सदनमा नेपालले भारतको भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति दिएपछि विवादित बनेका प्रधानमन्त्री सदनमा आएर त्यसको जवाफ दिनको साटो यस्तै हावादारी गफमा रमाउने गरेका छन् ।