तोलामा १२ सयले बढ्यो सुन


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आइतबार दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला चाँदी चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार चार हजार ८९५मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।