काभ्रे बस दुर्घटना अपडेटः मृतकको संख्या आठ पुग्यो


काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा शुक्रबार दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चालकसहित १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए। उनका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।