सुशासन कायम गर्न चाहन्छ भने सरकारले राष्ट्रिय सदाचार नीति लागू गर्नुपर्छः अमरेश सिंह


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सुशासन कायम गर्न सरकारलाई राष्ट्रिय सदाचार नीति २०७४ लाई आँट गरेर लागू गर्न सुझाव दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदले सिंहले यस्तो बताएका हुन् । त्यस्तै उनले सरकारी, सार्वजनिक र गुठीको जग्गाको प्रतिवेदन मन्त्रालयमा जम्मा रहेको तर कार्यान्यन नभएको भन्दै कार्यान्वयन गर्न माग गरेका छन् ।

उनले सरकारी, सार्जजनिक र गुठीको जग्गा राजनीतिक दलका नेता र तिनका मतियारले कब्जा गरेका कारण प्रतिवेदन सार्वजनिक नगरिएको बताए । उनले साँच्चै सरकारले सुशासन कायम गर्न चाहन्छ भने राष्ट्रिय सदाचार नीति लागू गर्नुपर्ने बताए ।