प्रधामन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन हर्क साम्पाङको माग


काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साह संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री संसदमा आएर नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनु पर्छ भन्ने आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो बोली सच्याउनुपर्छ ।’ उनले प्रतिनिधिसभाको बैठक समेत विधि अनुसार अगाडि बढ्नुपर्ने बताए ।