पाँच हजार १०० रुपैयाँले घट्यो तोलामा सुन


काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो ।
गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।