प्रधानमन्त्रीको यस्तो संवेदनशील विषयमा बोलेन भने इतिहासले पनि माफ गर्दैनः क्षितिज थेबे


काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रधानमन्त्री बालेन साहले माफी नमागेसम्म सदन चल्न नदिने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले आफूहरु विरोधका निम्ति आसनमा नउभिएको बताए ।

उनले भने, ‘विरोधका निम्ति विरोध गर्न उभिएका छैनौँ । यस्तो संवेदनशील विषयमा बोलेन भने इतिहासले पनि माफ गर्दैन । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निक्र्यौल गर्नुपर्छ । उहाँकै भाषामा भुलचुक माफी मागी अघि बढ्नुपर्छ ।’

उनले प्रधानमन्त्रीकै शब्दबाट ‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भन्ने सच्याइनुपर्ने बताए ।