काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटलाई स्थगन गरेका हुन् ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन साहको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । विपक्षी दलले प्रधानमन्त्री आफैँ बैठकमा उपस्थित भएर त्यसको जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया