सर्वदलीय बैठकमा राप्रपाले भन्यो-सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्न नपरोस्


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । सोमबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने भएकाले परिपक्व व्यवहार देखाउन सुझाव दिएका हुन् ।

बैठकपछि अध्यक्ष लिङ्देनले रास्वपालाई परिपक्व व्यहार देखाउन सुझाव दिएको जानकारी दिए । उनले भने, ‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’

उनले प्रधानमन्त्री बालेन साहले संसदमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संवेदनशील भएको बताए ।