काठमाडौँ । भुटानको पुनाखा क्षेत्र केन्द्रविन्दु बनाएर आइतबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था (यूएसजिएस)का अनुसार आइतबार स्थानीय समयअनुसार राति ११ः३६ बजे भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु भुटानको पुनाखा जिल्लाबाट करिब ५ किलोमिटर टाढा रहेको बताइएको छ । भूकम्पको कम्पन भुटानसँगै नेपाल भारत चीन तथा बंगलादेशका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो । हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया