एसियन गेम्स छनोटमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा


काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९.२ ओभरमा पछ्याएको हो । नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । रोहित पौडेलले २० बलमा २१ रन बनाए ।

ओपनर कुशल भुर्तेलले २० रन र आशिफ शेख १ रनमा आउट भए । टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो ।