आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा


तेहरान । इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ को रूपमा प्रयोग गरिएको भन्दै यसको निन्दा गरेको छ ।

‘यदि एजेन्सी द्वन्द्वको कूटनीतिक समाधानको हिस्सा बन्न चाहन्छ भने यसले प्राविधिक रिपोर्टलाई राजनीतिक दबाबको औजारमा परिणत गर्नबाट टाढा रहनुपर्दछ,’ इरानका उपविदेश मन्त्री काजिम घरिबाबादीले एक्समा लेखेका छन् ।

एएफपीले बिहीबार पाएको एक गोप्य रिपोर्टमा आईएईएले इरानमा आणविक स्थलमा पहुँचमा नहुनु ‘हतियार विकासको चिन्ता’ भएको छ । आईएईएले भनेको छ, ‘एजेन्सीले इरानको आणविक केन्द्र र युरेनियम भण्डारण स्थलहरूमा सैन्य आक्रमणले अकल्पनीय स्थिति सिर्जना गरेको स्वीकार गरेको छ, तर एजेन्सीका लागि इरानमा ढिलाइ बिना प्रमाणिकरण गतिविधिहरू सञ्चालन गर्न महत्त्वपूर्ण छ।’

इरानले भनेको छ, ‘संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा तेहरानमाथि आक्रमण गर्दा तेहरान आफ्नो आणविक कार्यक्रमका बारेमा वाशिङ्गटनसँग छलफलमा व्यस्त थियो।’

इजरायलले यसअघि सन् २०२५ जुनमा वाशिङ्गटनले युद्धविराम घोषणा गर्नुभन्दा पहिले इरानमाथि आक्रमण गर्दा पनि वाशिङ्गटन र तेहरान आणविक वार्तामा संलग्न थिए तर पछि आक्रमणमा सामेल भएको थियो।

दुवै द्वन्द्वका बेला इरानको आणविक केन्द्रमा पटक–पटक बमबारी भएको थियो । आईएईएले इरानको आणविक स्थलमा इजरायल–अमेरिकी आक्रमणको कहिल्यै निन्दा गरेको छैन ।

घरिबाबादीले शनिबार इजरायल–अमेरिकी आक्रमण इरानको सार्वभौमिकताको उल्लङ्घन मात्र नभई आणविक सुरक्षामाथि प्रत्यक्ष प्रहार भएको बताएका छन् ।

‘कसैले पनि सुरक्षित सुविधाहरूमा बम विस्फोट गर्न सक्दैन, निरीक्षणका लागि आवश्यक पहुँच र सुरक्षा नष्ट गर्न सक्दैन, र त्यसपछि त्यही आक्रमणको परिणामलाई इरान विरुद्ध गुनासोको रूपमा प्रयोग गर्न सक्दैन,’ उनले तर्क गरे ।

अमेरिका र इजरायलसँगको गठबन्धन सहयोगी रहेका इरानले कट्टर विरोधी मानेका पश्चिमा देश र विशेषज्ञहरूले इरान मध्य पूर्वमा एक मात्र परमाणु शक्ति राष्ट्रको दौडमा रहेको दावी गर्दै आएका छन् । आणविक हतियार प्राप्त गर्न खोजेको आरोपको तेहरानले खण्डन गर्दै आएको छ।

सन् २०२५ को जुनमा अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा बमबारी गरेको थियो, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम ‘नष्ट’ गर्न सम्भव भएको बताएका थिए ।

अमेरिकी आक्रमणबाट त्यहाँ भएको क्षतिको सही मात्रा थाहा छैन र इरानले युरेनियम भण्डारण स्थलहरूमा पहुँच स्वीकार गर्नका लागि सुरक्षा चिन्ताहरू रहेको बताउने गरेको छ। सन् २०२५ जुनमा अमेरिकी आक्रमण हुनु अघि, आईएईएले लिएको तथ्याङ्कमा इरानसँग लगभग ४४० किलोग्राम अत्यधिक संवर्धित युरेनियम रहेको दावी गरिएको थियो ।

आईएईए निरीक्षकहरूले अन्तिम पटक सन् २०२५ जुन १० मा देखेको यस भण्डार कुन अवस्थामा छ भन्ने जानकारी छैन ।