एसियन गेम्स क्वालिफायरमा मलेसियालाई पराजित गर्दै नेपालको जित


काठमाडौँ । एसियन गेम्स क्वालिफायरमा नेपालले मलेसियाविरुद्ध जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हराएको हो ।

नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमात्रै बनायो । उसका लागि कप्तान सय्यद अजीजले ५४ रन जोड्दा सार्विन मुनियान्दीले १८ तथा मुहम्मद हजिजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका शेर मल्लले तीन विकेट लिए भने करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक सफलता हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोडेको थियो ।