काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद युवराज दुलालले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर राखेको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भने,‘प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर राखेको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा पनि सार्वजनिक गर्न माग गर्छु ।’
संसदको रेकर्डबाट उक्त भनाई हटाएर प्रधानमन्त्री आएर फेरि सम्बोधन गर्नुपर्ने उनले बताए । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन साहले भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको बताएका थिए ।

प्रतिक्रिया