काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ३३ जना एसएसपीहरूको सरुवा भएको हो ।
काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी दिलिप घिमिरेलाई दिइएको छ भने ललितपुर प्रहरी प्रमुखमा तुलबहादुर कार्की सरुवा भएका छन् ।
त्यस्तै, ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी शान्तिराज कोइरालालले पाएका छन् भने एसएसपी नवराज अधिकारीलाई साइबर व्युरोमा खटाइएको छ । मानव बेचविखन अनुसन्धान ब्युरोमा नकुल पोखरेललाई सरुवा गरिएको छ ।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठलाई कोसी प्रदेश प्रहरी तालिम केन्द्र सरुवा गरिएको छ । एसएसपी दयानिधि ज्ञवालीलाई लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल सरुवा गरिएको छ ।







प्रतिक्रिया