प्रतिनिधिसभा नियमावली पारित भएको घोषणा गर्दाको दृष्य(भिडियोसहित)


काठमाडौँ । विवादकाबीच प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको छ । विपक्षीको विरोधकाबीच नियमावली पारित भएको हो । मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा विपक्षी सांसदहरूले रोष्ट्रम घेराउ गरेका थिए ।

त्यसक्रममा सत्तापक्ष, विपक्षी सांसद र मर्यादापालकबीच घम्साघम्सीसमेत भएको थियो । नियमावलीको दफा २५९ को उपदफा १ मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागु हुनेछ ।’

त्यस्तै संसदले गरेको कामकारबाहीमा अदालतमा समेत प्रश्न उठाउन नपाउने प्रावधान राखिएको छ । नियम २६१ ले यसलाई आन्तरिक कामकारबाही मानेको छ । र भनेको छ, ‘यस नियमावलीबमोजिम सम्पादन गरिने कामकारबाही सभा र समितिको आन्तरिक कामकारबाही मानिनेछ । यस सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन पाइने छैन ।’

त्यस्तै नियमावलीमा भ्रष्टाचार र सम्पति शुद्धीकरणको मुद्दा लागेको अवस्थामा पनि सांसद निलम्बन नहुने व्यवस्था गरिएको छ ।