धवलशमशेर राप्रपा छाडेर नयाँ अभियानमा, राष्ट्रवादीहरुलाई सहभागी हुन आह्वान


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको जानकारी गराएका छन् ।

साथै, यही नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन् । उनले भनेका छन्, ‘देशलाई माया गर्ने, देशको समृद्धि चाहने आमराष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु ।’ उनले राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भएपनि त्यो सफल नभएको बताएका छन् ।