काठमाडौँ । प्रधानमन्त्री बालेन साहले विभिन्न कालखण्डमा भएका आन्दोलन र तिनको छानबनि गर्न गठित आयोगका प्रतिवेदन अध्ययन गरी एकमुष्ट कार्यान्वयनमा जाने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले गत भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनबारे सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘विभिन्न कालखण्डमा भएका आन्दोलनका भएका प्रतिवेदनहरु छन् आजसम्म सरकारलाई बुझाएका प्रतिवेदन एकमुष्ट अध्ययन गरी कारबाही गर्छ ।’

प्रतिक्रिया