वीरगंज नाका हुँदै दश महिनामा ८८ अर्ब बराबरको वस्तु निर्यात


वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा ६ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ । यसैगरी, तीन अर्ब तीन करोडका कपडा तथा दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ ।