जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न आयोगको सिफारिस


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि ननै अनुसन्धान गर्न सिफारिस गरेको छ ।

कार्कीले जेनजी  आन्दोलनलाई समर्थन गरेको ठहर गर्दै आयोगले अनुसन्धन गर्न सिफारिस गरेको हो । प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने सामाजिक सञ्जालबाट देखिएको आयोगको ठहर छ । आन्दोलनमा मानवीय र भौतिक क्षतिहरूमा उनको संलग्नता रहे वा नरहेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए वा नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ ।

कार्कीले सामाजिक संजालमा त्यतिबेलाको सरकारविरुद्ध विभिन्न अभिव्यक्ति दिएका थिए । कार्कीलाई आयोगको अध्यक्ष बनाइएको भन्दै कांग्रेस, एमाले लगायतका दलले विवादास्पद व्यक्ति भन्दै विरोध गरेका थिए ।