काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वोक्षण पेस गर्दै अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान गरेका हुन् ।
उनले सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान गरेका छन् । विश्व परिवेशका बाबजुद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान उनले गरेका छन् ।
यस अवधिमा राजस्व संकलनमा सुधार भएको उनले बताए । सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्रीले बताए । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया