काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटना छानबिन गर्न माग गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद हमालले सरकारले भदौ २४ गतेको घटना छानबिन गर्ने बताएपनि अहिले वेवास्ता गरेको भन्दै आपत्ति जनाइन् ।
उनले प्रश्न गरिन्, ‘भदौ २४ क्षति भएका संरचनाहरू बन्ने के योजना छ ? भदौ २४ को छानबिन हुन्छ कि हुँदैन ? क्षति भएका संरचनाहरू बन्ने के योजना छ ? मेरो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ ? नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्, त्यो कहिले बन्छ ?’

प्रतिक्रिया