डीडीसीले गर्‍यो दूध किसानको १२ करोड बक्यौता भुक्तानी 


काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई  १२ करोड भुक्तानी गरेको छ । 
पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व  १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ । 

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थानको सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई  तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्थाले  ४६ करो भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।