काठमाडौँ । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन साह संसदमा आएर जवाफ दिने तयारीमा रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री नआएपछि विपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुखले प्रधानमन्त्री संसदमा आउने तयारीमा रहेको बताएका हुन् ।
उनले भने, ‘स्वयम् सरकार र प्रधानमन्त्रीसँग पनि मेरो संवाद भइरहेको छ। प्रधानमन्त्री संसदमा आउने तयारी गरिरहनुभएको छ । अहिले सदनमा भइरहेको विषयमा प्रधानमन्त्री जानकार हुनुहुन्छ।’ सभामुख अर्यालले प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग संविधानसम्मत र कानुनसम्मत भएको बताए । उनले भने, ‘जनताको माग पनि त्यही हो ।’
उनले छिट्टै प्रधानमन्त्रीले सदनमा उभिएर जिज्ञासा मेटाउने बताए ।

प्रतिक्रिया