काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि सर्वपक्षीय आयोग गठन गर्नुपर्ने माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनको विषय कार्यदलमा मात्रै सीमित नराख्न आग्रह गरेका हुन् ।
उनले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल र राजनीतिक दलका व्यक्तिहरू सहभागी गराई एउटा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न माग गरेका छन् ।
उनले भने, ‘संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्रै सीमित रहनु हुँदैन । यसका लागि पूर्वप्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल र राजनीतिक दलका व्यक्तिहरू सहभागी एउटा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न जरुरी छ । सबैको सहभागितामा गोलमेच सम्मेलन हुनुपर्छ ।’
सत्ता वरिपरिको बहसले मात्रै संविधान संशोधन नहुने भन्दै सांसद केसीले बृहत् राष्ट्रिय संवादबाट मात्रै यसको वैधता, जनविश्वास र राष्ट्रिय सहमति गर्नसक्ने बताए ।

प्रतिक्रिया