पत्रकार श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर


काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गरी धरपकडको प्रयास, गरिएको भन्दै नेपाल पत्रकार महासंघलगायतका पत्रकार संगठनहरूले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन नेपाल र प्रेस सेन्टर नेपालले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार श्रेष्ठविरुद्ध भइरहेका गतिविधिहरूले स्वतन्त्र प्रेस र लोकतन्त्रमाथि नै प्रहार गरेको उल्लेख गरेका छन् ।

नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिक र अनलाइनमा मन्त्री तथा सत्ताधारी दलका नेताहरूका बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठलाई धरपकड गर्ने र समाचारको स्रोत खोल्न दबाब दिने कार्य भइरहेको जनाएको छ । महासंघले समाचारप्रति विमति भए प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह गर्दै पत्रकारलाई धम्क्याउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ।

त्यसैगरी प्रेस चौतारी नेपालले पनि विज्ञप्ति जारी गरी समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठमाथि सरकारले गरेको ब्यवहार निन्दनीय भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीकै निर्देशनमा जे हर्कत भइरहेको छ, यो लोकतान्त्रिक मुलुकमा कल्पनासमेत गर्न नसकिने काम भइरहेको छ । समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार हो भन्नेमा कुनै दुविधा छैन। यस प्रकारको व्यवहारको नेपाल पत्रकार महासंघदेखि प्रेससँग सम्बन्धित सबै संघ संस्थाले निन्दा र भत्सनासहित प्रतिकार गर्न चुक्नु हुन्न। काल पल्कन दिनुहुन्न ।’

समाजादवादी प्रेस संगठनले पनि पत्रकार किशोर श्रेष्ठविरुद्ध भइरहेको दुष्प्रचार र धम्कीप्रति समाजवादी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न देश र व्यक्तिको नाम लिँदै फोन गरी, नक्कली व्यक्ति खडा गरी उपहारको नाममा कार्यालयमै समान र पैसा पठाएर आर्थिक प्रलोभनमा पार्न खोज्नु लामो समयदेखि खोजमूलक पत्रकारिता गर्दै आउनुभएका पत्रकार श्रेष्ठविरुद्धको योजनाबद्ध षड्यन्त्र हो भन्नेमा कुनै द्धिविधा छैन । घटनाक्रम हेदश्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघर्कोा छिमेकी मुलुकसँगको सम्बन्धमा समेत नकारात्मक असर पार्ने देखिन्छ । अझ किशोर श्रेष्ठलाई पक्राउ गरिने र त्यसका लागि प्रहरी परिचालन गरिसकिएको भनेर तर्साउने प्रयास समेत गरिदैछ । पत्रकारलाई डर, धम्की, त्रास देखाउने काम तत्काल बन्द गरियोस् ।’

त्यस्तै प्रेस सेन्टर नेपालले पनि पत्रकार श्रेष्ठमाथि धरपकड गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।