काठमाडौँ । साताको शेयर कारोबारको पहिलो दिन सोमाबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । सोमबार नेप्से २७ दशमलव ८५ अङ्कले बढेर २ हजार ७८६ दशमलव ३५ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक सबै समूहका सूचक बढेकामा जलविद्युत् समूहको सूचक डेढ प्रतिशतले उकालो लागेको छ ।
आज २३५ वटा कम्पनीको शेयर बढेकामा २८ वटाका घटेका छन् । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएका छैनन् । आज थ्री स्टार हाइड्रोपावरको शेयर ९ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन बुङ्गल हाइड्रोपावरको शेयर १० दशमलव ३२ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।आज ३४२ वटा कम्पनीका १ करोड ४५ लाख कित्ता शेयर ५ अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया