सुदूरपश्चिम । नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु भएको छ । प्रदेश समितिको आयोजनामा सुरु भएको भेलामा पूर्व केन्द्रीय सदस्य नारायणप्रकाश साउद प्रमुख अतिथिका रूपमा सहभागी रहेका छन् भने कार्यक्रमको अध्यक्षता प्रदेश सभापति वीरबहादुर बलायरले गरिरहेका छन् । भेलामा संस्थापन इतर समूहका नेताहरूको बाक्लो उपस्थिति रहेपनि संस्थापन पक्षका कुनै पनि नेता सहभागी भएका छैनन् ।
कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य रमेश लेखक, मोहन बस्नेत, कुन्दन काफ्ले, केदार कार्कीलगायत सुदूरपश्चिमबाट केन्द्रमा प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरू सहभागी छन् ।
यस्तै, प्रदेशका जनप्रतिनिधि, मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू तथा प्रदेशका देउवा पक्षका नेता–कार्यकर्ताको उपस्थिति रहेको छ , यसअघि यही सभाहलमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा संस्थापन पक्षको भेला सम्पन्न भएको थियो।

प्रतिक्रिया