ब्रसेल्स । युरोपेली सङ्घ (इुयु)का सदस्य राष्ट्रहरूले इरानी अधिकारी र हर्मुजमार्ग अवरुद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने दिशामा अघि बढेका छन्।
गत फेब्रुअरीमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग ‘स्टे«ट अफ हर्मुज’ बन्द गरेको थियो ।
नाकाबन्दीलाई ‘अन्तर्राष्ट्रिय कानूनको विपरीत’ मान्दै इयुका सरकारहरूले आफ्नो विद्यमान इरान प्रतिबन्ध व्यवस्थाको दायरा विस्तार गर्न प्राविधिक कदम चालेका छन् र यसअन्तर्गत थप व्यक्तिहरूलाई लक्षित गर्न अनुमति दिएका बताइएको छ।
“स्ट्रेट अफ हर्मुजमा नौवहनको स्वतन्त्रतालाई कमजोर पार्ने इरानको कदमको जवाफमा इयुले अब थप प्रतिबन्धात्मक उपायहरू लागू गर्न सक्नेछ,” युरोपेली राष्ट्रहरूको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्ले भनेको छ।
ब्रसेल्सले यसअघि इरानमाथि गरेको दण्डात्मक कदमले युक्रेनविरुद्धको युद्धमा रुस र मध्यपूर्वका देशको सशस्त्र समूहहरूलाई सैन्य समर्थनलाई लक्षित गरेको थियो। युरोपेली सङ्घले पनि देशमा मानवअधिकार उल्लङ्घनका घटनालाई लिएर प्रतिबन्ध लगाएको छ ।
इयुले नयाँ प्रतिबन्धको निशानामा पर्ने कुनै पनि व्यक्ति वा संस्थाको तत्काल नाम उल्लेख गरेको छैन । प्रतिबन्धले उनीहरूको इयु यात्रामा रोक र सम्पत्तिको रोक लगाउनेछ।
इयुले आफ्ना नागरिक र कम्पनीहरूलाई प्रतिबन्धका लागि सूचीकृत व्यक्तिहरूलाई कोष, वित्तीय सम्पत्ति वा अन्य आर्थिक स्रोतहरू उपलब्ध गराउन पनि प्रतिबन्ध लगाइएको छ।
इरान युद्ध र विश्वव्यापी इन्धनको पाँच भागको एक भाग आपूर्ति हुने हर्मुज मार्गको विश्व अर्थतन्त्रमा तरङ्ग ल्याएको छ र यसले ऊर्जाको मूल्य बढेको छ ।

प्रतिक्रिया