काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा वैद्य ५६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा प्रधान ६१ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया