काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै विपक्षीले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो । विपक्षी दलले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था अनदेखा गरिएको भन्दै सदन अवरोध गरेका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा रहेको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था कार्यान्वयन गर्न उनीहरूको माग थियो । नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था छ ।
७ गतेसम्म पनि उक्त व्यवस्था कार्यान्वयन नगरिएको भन्दै विपक्षीले विरोध गरेका हुन् । विपक्षीको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया