काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । गत शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो ।
बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने बताइएको छ । त्यस्तै सरकारका पछिल्ला काम कारबाहीकाबारेमा समेत समिक्षा हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया