काठमाडौँ । गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक भएको छ । गीतकार खत्रीको गीत ‘मायाको डोरीले मलाई’ मा संगीतरत्न शम्भूजित बास्कोटाको संगीत रहेको छ भने लोकप्रिय गायिका रचना रिमालले स्वर दिएकी छन् । गीतको संगीत संयोजन भने दिक्षित पौडेलको रहेको छ ।
‘मायाको डोरीले मलाई’ गीतको भिडियोमा दिक्पाल कार्की र सुरक्षा इट्नीको अभिनय रहेको छ । भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायाँकन गरेका छन् ।

प्रतिक्रिया