काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन साह संसदमा नआए आन्दोलन सुरु गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री संसदमा नआए संसदभित्रै आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् ।
उनले प्रधानमन्त्रीको कार्यशैली यस्तै रहे मन्त्रीहरुले नै राजीनामा दिने अवस्था आउने बताए । उनले भनेका छन्, ‘भगौडा बालेन जी, संसदमा आउनु है नत्र संसद भित्रै हामी आन्दोलन शुरु गर्नेछौँ । पर्सीको संसदमा हामी प्रधानमन्त्रीको उपस्थितिको माग गर्नेछौँ । संसदलाई वेवास्ता गर्ने हेप्ने प्रवृति बन्द गरियोस् । जसलाई जे भन्नु छ भन्दा हुन्छ । हाम्रो लाइन क्लियर छ । कुन दिन सबै मन्त्रीहरुले राजिनामा दिएर सबै मन्त्रालयहरु बालेनलाई नै सुम्पने समय आउनेछ ।’
प्रधानमन्त्री संसदमा नआएको भन्दै अध्यक्ष साम्पाङ प्रधानमन्त्रीको आलोचना गर्दै आएका छन् । उनले नैतिकताको आधारमा प्रधानमन्त्रीको राजीनामासमेत मागिसकेका छन् ।

प्रतिक्रिया