कांग्रेस केन्द्रीय अनुशासन समिति पुनर्गठन


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ । पार्टी सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेका हुन् । पुनर्गठित समितिको केन्द्रीय सदस्य तारामान गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

यसैगरी, धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली समितिको सदस्यको जिम्मेवारी दिइएको कांग्रेसका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनकारी दिए ।