हजारौँ विद्यार्थीको सफलतासँग जोडिएको पिईएको ३३ वर्षे यात्रा


काठमाडौँ — इन्जिनियरिङ तथा सूचना प्रविधि (आईटी) प्रवेश परीक्षा तयारी क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव बोकेको मुलुककै अग्रणी संस्था शैक्षिक संस्था पीईएले आफ्नो ३२ वर्षे शैक्षिक यात्रालाई निरन्तर उत्कृष्टतासँग अघि बढाइरहेको जनाएको छ। सन् १९९४ मा स्थापना भएको पिईएले इन्जिनियरिङ, बी.आर्क, बीएस्सी सीएसआईटीलगायत विभिन्न प्राविधिक विषयको प्रवेश परीक्षा तयारीमा हजारौँ विद्यार्थीलाई मार्गदर्शन गर्दै आएको छ।

थापाथलीस्थित जेसीज मार्गमा अवस्थित संस्थाले प्रारम्भिक चरणमा कुपन्डोलको सानो भवनबाट शैक्षिक सेवा सुरु गरेको थियो । पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका लक्ष्मण पोखरेलको पहलमा स्थापना भएको संस्थाले हाल आफ्नै शैक्षिक भवनमार्फत सेवा सञ्चालन गरिरहेको छ। संस्थामा आईओई पुल्चोक तथा अन्य प्रतिष्ठित कलेज र विश्वविद्यालयका अनुभवी प्राध्यापकहरू आबद्ध रहेको बताएको छ ।

पिईएका अनुसार संस्थामा हाल करिब ७० जना प्राध्यापक/शैक्षिक जनशक्ति तथा २५ जना कर्मचारी कार्यरत छन्। इन्जिनियरिङ तथा आईटी प्रवेश तयारी क्षेत्रमा संस्थाले नेपालमै पहिलो पटक डिजिटल माध्यमबाट अध्ययन प्रणाली सुरु गरेको दाबी गरेको छ । ‘पिईए डिजिटल्स’ नामक अनलाइन प्लेटफर्ममार्फत इन्जिनियरिङ, आईटी तथा मेडिकल प्रवेश तयारीलाई सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने प्रयास गरिएको संस्थाले जनाएको छ। जसले विविध कारणबाट काठमाडौं आउन नसक्ने विद्यार्थीहरुका लागि अनलाइन सेवा दिँदै आइरहेको छ ।

संस्थाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आईओई, काठमाडौं विश्वविद्यालय, भारतीय दूतावासअन्तर्गतका शैक्षिक कार्यक्रम, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायत बीएस्सी सीएसआईटीलगायतका प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको छ। विशेष गरी आईओई पुल्चोकको नतिजामा स्थापना कालदेखि नै ९५ देखि १०० प्रतिशतसम्म सफलता हासिल गर्दै आएको संस्थाको दाबी छ।

संस्थाका अध्यक्ष प्रा.डा. शैलेन्द्र कुमार मिश्रले कक्षा १२ को परीक्षा सम्पन्न भएपछि प्रवेश परीक्षाको तयारीका लागि अत्यन्त सीमित समय रहने भएकाले छोटो अवधिमै प्रभावकारी अध्यापनमार्फत उत्कृष्ट नतिजा दिलाउने दिशामा संस्था केन्द्रित रहेको बताए। उनले डिजिटल युगको आवश्यकता अनुरूप शिक्षण प्रणालीलाई थप आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

पिईएका अनुसार हालसम्म करिब ७५ हजारभन्दा बढी इन्जिनियर उत्पादन भइसकेका छन्। संस्थाले भौतिकशास्त्र, रसायनशास्त्र, गणित, अंग्रेजी तथा कम्प्युटर जनरल नलेज विषयमा अध्यापन गराउँदै आएको छ। प्याकेज कोर्सअन्तर्गत ३५० देखि ४०० घण्टासम्म अध्यापन गरिने र दैनिक चारदेखि पाँच घण्टासम्म कक्षा सञ्चालन हुने व्यवस्था रहेको जनाएको छ।

संस्थाका कार्यकारी निर्देशक इ. लक्ष्मण पोखरेलले तीन दशकभन्दा लामो अनुभव बोकेको संस्थाले प्रदान गर्दै आएको सेवालाई समयसापेक्ष परिमार्जन गर्दै अझ गुणस्तरीय र प्रभावकारी बनाइने बताए। बदलिँदो शैक्षिक परिवेश र विद्यार्थीको आवश्यकतालाई ध्यानमा राख्दै प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप सुदृढ बनाइने उनको भनाइ छ।

पोखरेलले आफूले स्नातक अध्ययन गरिरहेकै समयमा स्थापना गरेको संस्था अहिले ३३ वर्षमा प्रवेश गरिरहेको उल्लेख गर्दै भावुक अनुभव पनि सुनाए। ‘त्यतिबेला मलाई पुल्चोक क्याम्पसमा पढाउने गुरुहरू आज मेरो छोरा पुस्तालाई पनि पिईएमार्फत पढाइरहनुभएको छ,’ उनले भने, ‘यसले मलाई यो कामप्रति आत्मसन्तुष्टि र गर्वको अनुभूति गराउँछ।’

इन्जिनियरिङ, बी.आर्क तथा बीएस्सी सीएसआईटी प्रवेश तयारीका लागि संस्थाले आवश्यक पर्ने पुस्तक, पाठ्यक्रम, ट्युटोरियल सीट तथा अन्य आवश्यक अध्ययन सामग्री उपलब्ध गराउँदै आएको छ। साथै विज्ञान विषय अध्ययनरत प्लस–टू वा सो सरहका विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रियस्तरको ‘पिईए इन्जिनियरिङ/आईटी क्विज’ समेत सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाका सिइओ प्रा. तोया नारायण पौडेलले दूरदराजमा प्लस टु अध्ययन गरेका विद्यार्थीलाई समेत प्रतिस्पर्धात्मक वातावरणमा उत्कृष्ट नतिजा हासिल गराउने लक्ष्यका साथ संस्था अघि बढिरहेको बताए। उनले आगामी दिनमा संस्थालाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी ढंगले सञ्चालन गरिने धारणा व्यक्त गरे। उनका अनुसार ग्रामीण तथा मोफसल क्षेत्रका विद्यार्थीलाई अवसर र गुणस्तरीय तयारीमा पहुँच विस्तार गर्नु संस्थाको मुख्य प्राथमिकतामध्ये एक हो।

संस्थाका प्रिन्सिपल तथा विगत तीन दशकदेखि फिजिक्स विषय अध्यापन गराउँदै आएका सनत कुमार गिरीले पिईएको शिक्षण पद्धति अन्य सामान्य कक्षाभन्दा फरक रहेको बताए। उनका अनुसार यहाँ विद्यार्थीलाई पूर्ण रूपमा नयाँ विषयवस्तु पढाइने होइन, बरु प्लस टुमा अध्ययन गरिसकेका विषयलाई प्रवेश परीक्षाको ढाँचा अनुसार विश्लेषणात्मक रूपमा बुझाइन्छ। ‘प्रवेश परीक्षामा सोधिने प्रश्नको प्रकृति, समय व्यवस्थापन र छोटो समयमा सही उत्तर पत्ता लगाउने सीपमा हामीले विशेष ध्यान दिन्छौँ,’ उनले भने।

संस्थाले अनुभवी एवं दक्ष शिक्षकमार्फत अध्यापन गराउँदै आएको उल्लेख गर्दै आधुनिक प्रतिस्पर्धात्मक आवश्यकतालाई ध्यानमा राखी शिक्षण पद्धति तथा अध्ययन सामग्रीलाई निरन्तर अद्यावधिक गर्दै आएको जनाएको छ। संस्थाका अनुसार नेपाल तथा विदेशका प्रतिष्ठित इन्जिनियरिङ कलेजहरूमा अध्ययनरत धेरै विद्यार्थी पिईएकै प्रवेश तयारीबाट लाभान्वित भएका छन्।

विशेष गरी इन्जिनियरिङ प्रवेश परीक्षा तयारीलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र परिणाममुखी बनाउँदै हजारौँ विद्यार्थीलाई आईओई, काठमाडौं विश्वविद्यालयलगायत नेपाल तथा विदेशका प्रतिष्ठित प्राविधिक शिक्षण संस्थासम्म पुग्ने आधार तयार गरेको संस्थाको दाबी छ। अनुभवी प्राध्यापक, समयानुकूल शिक्षण पद्धति, विश्लेषणात्मक अभ्यास, डिजिटल अध्ययन प्रणाली तथा प्रवेश परीक्षाकेन्द्रित तयारीमार्फत पीईएले ग्रामीण तथा शहरी क्षेत्रका विद्यार्थीबीचको शैक्षिक दूरी घटाउन पनि भूमिका खेलेको छ।

तीन दशकभन्दा लामो शैक्षिक यात्रामा पिईएले नेपालमा इन्जिनियरिङ शिक्षाको आधार निर्माण र गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। इन्जिनियरिङ शिक्षालाई केवल प्रवेश परीक्षासम्म सीमित नराखी प्रतिस्पर्धात्मक सोच, समस्या समाधान क्षमता र प्राविधिक आत्मविश्वास विकासतर्फ उन्मुख गराउने प्रयासले नेपालको प्राविधिक शिक्षा क्षेत्रमा पिईएलाई एक विश्वसनीय शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ।