काठमाडौँ । काठमाडौँको बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका एक व्यक्ति मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित बागमती नदीको पुल क्षेउबाट प्रहरीले शुक्रबार ईन्द्रबहादुर राईको शव निकालेको हो ।
स्थानीयले भने सुकुम्बासी बस्तीमा डोजर चलेपछि उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका बताएका छन् । स्थानीयका अनुसार राई घरमा डोजर चलाएपछि विरक्तिएका थिए । मृतककी श्रीमतीले पनि घरमा डोजर चलाएपछि उनी निराश भएर हिँडेको बताएकी छन् ।
बल्खु क्षेत्रको सुकुम्बासी बस्ती प्रहरीले डोजर लगाएर शुक्रबार खाली गरेको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले राई बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएको थाहा भएको र घटनाबारे थप बुभ्mने काम भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया