काठमाडौँ । बिहीबार नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाका लागि संयुक्त राज्य अमेरिकाका विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। विशेषगरी लगानी र व्यापार प्रवद्र्धनमा जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षले विचार आदानप्रदान गरेका मन्त्रालयले जनाएको छ ।
त्यसअघि उनी आज अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गर्न सगरमाथा बेसक्याम्प पुगेका थिए । उनले अमेरिकी नवप्रवर्तन र नेपालको सहकार्यले हिमाली क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने र यसले भविष्यमा उद्धार तथा ढुवानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उ
क्त ड्रोनको क्षमता करिब ५ केजीसम्मको भार बोक्न सक्ने रहेको छ। यो ड्रोन फ्रिफ्लाई सिस्टमद्वारा निर्माण गरिएको कार्गो ड्रोन हो । यो विशेषगरी छायाँकनको लागि ठूला क्यामरा लिफ्ट गर्न प्रयोग गरिन्छ । यसअघि नेपालमा एयर लिफ्ट नामक कम्पनीले ४० केजीसम्मको भार क्षमता भएको ड्रोन बेसक्याम्प, क्याम्प नं २ सम्म पुर्याइसकेको छ ।

प्रतिक्रिया