काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । बिहीबार रोल्पाको थवाङ गाउँपालिका –१ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट अन्दाजी आठ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी हालसम्म घटनास्थलमा २० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले उद्दार कार्य जारी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया