काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय सभाको सचेतकमा पदमबहादुर परियारलाई मनोनयन गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम बुधबार आङदेम्बेले परियारलाई सचेतक नियुक्त गरेका हुन् । परियार २०८० फागुन २१ गतेदेखि राष्ट्रिय सभा सदस्य रहेका छन् ।
२०३७ सालमा तनहुँको व्यास नगरपालिका वडा नम्बर १ मा जन्मेका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । २०४९ सालदेखि नै राजनीतिमा सक्रिय रहेका उनले २०५१ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएका थिए ।

प्रतिक्रिया