नेपाली सेनाका तीन सहायक रथीको उपरथीमा पदोन्नति


काठमाडौं । नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति भएका छन् । यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा बिहीबार आयोजित समारोहमा उनीहरुलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति थियो ।