काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
पुनले श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । त्यस्तै, नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैइाँ रहेको र उक्त रकम चुनावी चन्दा भएको उल्लेख गरेका छन् । त्यस्तै पुनको कास्कीमा करिब २८ रोपनी जग्गा रहेको उल्लेख छ ।

प्रतिक्रिया