सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट


काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको आयोग असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्न माग गरिएको छ । उक्त रिटमा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको छ । 

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।  आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ ।